प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था
प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ । रोस्टममा गएर बोल्नुअघि सांसदहरूलाई तयारीका लागि सहज हुने गरी गरिएको यस व्यवस्थाले बोल्ने समय व्यवस्थापनमा समेत सहयोग पुगेको छ । ‘वेटिङ चेयर’को व्यवस्था भएपछि सांसदहरू आफ्नो पालो आउनुअघि नै रोस्टम नजिकै बसेर तयारी गर्न सक्ने भएका छन्।