SHARE
पर्दाफास · मङगलबार ६ असो २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

रास्वपा सांसद खत्रीको भावुक अभिव्यक्ति- छोराले न्याय पाए सांसद पद त्याग्न एक सेकेन्ड हिचकिचाउँदिनँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफू संसद्मा आएको उनले बताइन् ।