SHARE
पर्दाफास · सोमबार ५ असो २०८३ ०४:४४ PM · 1 मिनेट पढाइ

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र रसुवाका विभिन्न स्थानमा भेटिएका लकर तथा दराजका धनीलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ। नुवाकोटमा दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।