सेयर बेच्दा लाग्ने लाभकर घट्यो, अब कति कर तिर्ने ?
सरकारले सूचीकृत कम्पनीको सेयर बिक्रीबाट हुने लाभमा लाग्ने पुँजीगत लाभकरको दर हेरफेर गरेको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै धितोपत्रको स्वामित्वमा रहेको अवधिको आधारमा फरक फरक करको दर कायम गरेको हो ।