SHARE
पर्दाफास · सोमबार ५ असो २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक सम्पन्न, आगामी सुरक्षा रणनीतिमा जोड

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक २०८३ सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेपाल प्रहरीको रणनीतिक योजना २०८३–२०८५ मा परिकल्पना गरिएको ‘स्मार्ट पुलिसिङ, सेफर कम्युनिटी’को अवधारणालाई व्यवहारमा उतार्ने विषयमा छलफल भएको छ।