SHARE
पर्दाफास · सोमबार ५ असो २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबारे अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गत भदौ १० गते आएको विनाशकारी बाढीबारे अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले पेश गरेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्तावलाई सभाले सहमति जनाएको हो ।