SHARE
पर्दाफास · सोमबार ५ असो २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमा ऐन कार्यान्वयन गर्न सरकारलाई सांसद चन्दको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. आनन्द बहादुर चन्दले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्वास्थ्य बीमा सम्पन्न व्यक्तिका लागि एउटा विकल्प भए पनि गरिब, विपन्न र निमुखा नागरिकका लागि उपचार पाउने राज्यप्रतिको महत्वपूर्ण भरोसा भएको बताएका हुन् ।