SHARE
पर्दाफास · सोमबार ५ असो २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य- ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व तथा बाढीपहिरोजस्ता विपद्का समयमा आन्तरिक हवाई भाडा थप बढ्ने गरेको बताइन् ।