रसुवा बाढीमा सम्पर्कविहीनहरू जीवित भेटिने सम्भावना कम, खोजी जारी
गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने सम्भावना कम रहेको बताएका छन् । यद्यपि सम्भावना रहेसम्म खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइने उनले स्पष्ट पारेका छन् ।