SHARE
पर्दाफास · सोमबार ५ असो २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

गठन भएको दुई महिना पुग्न लाग्दा पनि कर्णाली सरकार सुस्त, बजेट खर्च १.१८ प्रतिशत मात्रै

गठन भएको झन्डै दुई महिना पुग्न लाग्दासमेत कर्णाली प्रदेश सरकारले गति लिन सकेको छैन । स्पष्ट कार्ययोजना र नीतिगत निर्णयको अभावमा विकास बजेट कार्यान्वयन हुन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने प्रशासनिक पुनर्संरचना र विभिन्न निकायमा नियुक्तिको कामसमेत अलपत्र छ।