पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सुचारु
इलाम सदरमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजंघा) अन्तर्गत पुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएको छ । बेलिब्रिज जडान सम्पन्न भएसँगै आइतबार साँझदेखि उक्त सडक खण्डमा यातायात सञ्चालनमा आएको छ ।