प्रधानमन्त्री बालेन शाह मंगलबार अमेरिका जाँदै
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह मंगलबार अमेरिका प्रस्थान गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन उनी अमेरिका जान लागेका हुन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन्।