संविधान संशोधनमा हतार नगर्न झलनाथ खनालको आग्रह
नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनका नाममा वर्तमान संविधानलाई विकृत बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै खनालले तत्काल संविधान संशोधन आवश्यक नरहेको बताए ।