परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। बढ्दो जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्रभावलाई मध्यनजर गर्दै मन्त्रालयले वर्तमान आवश्यकता अनुसार नयाँ शाखा स्थापना गर्ने निर्णय गरेको हो।