SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

बर्दियामा गुडिरहेको ईभी हाइसमा आगलागी, चालक र सहचालक सकुशल

काठमाडौं । बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा अचानक आगलागी भएको छ । कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो ।