SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०३:२८ AM · 1 मिनेट पढाइ

उत्तरपूर्वी चीनमा सडक पार गर्दै गरेको साइबेरियन बाघको परिवार देखियो

एजेन्सी । चीनको उत्तरपूर्वी क्षेत्रमा रहेको जिलिन प्रान्तको वाङछिङ काउन्टीमा एक स्थानीय बासिन्दाले जंगली साइबेरियन बाघको परिवार सडक पार गरिरहेको देखेका छन् । बाघकी आमाले आफ्ना चारवटा बच्चालाई साथमा लिएर सडक पार गरिरहेको दृश्य स्थानीय बासिन्दाले प्रत्यक्ष देखेका हुन् । साइबेरियन बाघलाई अमुर बाघ पनि भनिन्छ ।