सप्तरीमा १४ सय किलो गाँजा बरामद, एक जना पक्राउ
सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। प्रहरीले डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँस्थित एक घरबाट करिब १४ सय किलो गाँजा बरामद गरेको हो। राति करिब पौने १ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले भोला सदाको घरमा खानतलासी गरेको थियो।