SHARE
पर्दाफास · आइबार​ ४ असो २०८३ ०१:१२ AM · 1 मिनेट पढाइ

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।