SHARE
पर्दाफास · शनिबार ३ असो २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ । शनिबार साँझ निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको छ ।