SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

बाँके । नेपालगञ्जमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव बाँकको सांस्कृतिक पहिचान बन्दै गएको छ । करिब डेढ शताब्दी भन्दा लामो इतिहास बोकेको यो रामलीला नेपालकै सबैभन्दा पुरानो र निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक उत्सव भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।