SHARE
पर्दाफास · शनिबार ३ असो २०८३ ०१:२० AM · 1 मिनेट पढाइ

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर कोशी, लुम्बिनी, कर्णाली, सुदुृृपश्चिम प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल र बांँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भैरहेको छ।