SHARE
पर्दाफास · शुक्रबार​ २ असो २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

जिल्ला अदालत काठमाडौँ परिसरबाट ४ लाख ७९ हजार रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ जिल्ला अदालत परिसरबाट प्रहरीले करिब ५ लाख नगदसहित दुई जना बिचौलियालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी नगरपालिका–६ घर भएर काठमाडौँ बस्दै आएका ३१ वर्षीय अजय थापा मगर र विदुर नगरपालिका–९ घर भएर काठमाडौँ बस्ने ४२ वर्षीय हरिराम गिरी छन् ।