अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा को हुन्, यस्तो छ उनको अनुभव
संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन्। सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिक क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव हासिल गरेका थापा विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा नेपाली सुरक्षा निकायसँग समेत काम गरिसकेका व्यक्ति हुन्।