SHARE
पर्दाफास · शुक्रबार​ २ असो २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

भक्तपुरका वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्। पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन्। यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए। विगतमा जात्रा नियमित हुनसकेको थिएन।