चिलिमेमा मृत फेला परेका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण
चिलिमे जलविद्युत् केन्द्रमा फसेर मृत फेला परेका पाँच कर्मचारीको शव पहिचानपछि सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ। नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत पाँच कर्मचारी फसेका थिए।