SHARE
पर्दाफास · बिहीबार १ असो २०८३ १२:०० PM · 1 मिनेट पढाइ

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको विपत्तिप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै पार्टीको राष्ट्रिय दायित्वमाथि समेत प्रश्न उठाएका छन्।