SHARE
पर्दाफास · बिहीबार १ असो २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत, तत्काल ५० हजार र ६ महिनासम्म आधा तलब

नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ। बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदार बेपत्ता भएका छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको जनाइएको छ।