नेप्से ११.९३ अंकले बढ्यो, ५ अर्ब ४९ करोडको कारोबार
नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका एक करोड ३६ लाख १० हजार ४९६ कित्ता शेयर ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ मा कारोबार भएको थियो ।