SHARE
पर्दाफास · बिहीबार १ असो २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

डिएनए परीक्षणका लागि जापानको २ मिलियन डलर सहयोग, उपकरणसँगै विज्ञ टोली नेपाल आइपुगे

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिको पहिचानका लागि जापानले नेपाललाई करिब २ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। जापान सरकारले डिएनए परीक्षणका उपकरण खरिद तथा उपलब्ध गराउन २९ करोड ८० लाख जापानी येन (करिब २ मिलियन अमेरिकी डलर) बराबरको आकस्मिक अनुदान दिने निर्णय गरेको हो।