SHARE
पर्दाफास · बिहीबार १ असो २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २३८ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २३८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा १०३ जना चालकलाई कारबाही गरिएको छ ।