SHARE
पर्दाफास · बुधबार ३१ भौ २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

भूमिहीन दाबी गरेका चार जनाको नाममा जग्गा भेटियो, कारबाही गर्न निर्देशन

आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारवाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ।