SHARE
पर्दाफास · मङगलबार ३० भौ २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

दशैँ, तिहारमा पनि बुद्ध एयरको सहुलियतपूर्ण भाडादर

रसुवामा आएको विनाशकारी बाढी–पहिरोका कारण सडकमार्ग प्रभावित बनेपछि यात्रुलाई राहत पुग्ने गरी बुद्ध एयरले सहुलियतपूर्ण हवाई भाडादरमा सेवा दिइरहेको छ । कम्पनीले दशैं, तिहार र छठसम्म सस्तो हवाई भाडादरमा उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । बाढी–पहिरोका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ ।