SHARE
पर्दाफास · मङगलबार ३० भौ २०८३ ०२:५७ PM · 1 मिनेट पढाइ

ग्यास अभाव हटाउन भोलिदेखि दैनिक १६० बुलेट आयात, एक साताभित्र आपूर्ति सहज हुने

बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारले भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गर्ने भएको छ। उद्योगमन्त्री दीपक साहले ग्यासको आपूर्ति बढाउन भारतसँग थप परिमाणमा ग्यास आयातका लागि अनुरोध गरिएको र भारत त्यसका लागि सहमत भएको जानकारी दिएका छन्। मंगलबार पत्रकारहरूसँगको छलफलमा मन्त्री साहले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न आपूर्ति बढाउनुपर्ने बताए।