आयल निगमको डिजेल चोरी गर्ने तीन ट्यांकरसहित एक जना नियन्त्रणमा
सिद्धार्थ नगरपालिका-८ स्थित नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा तीन वटा ट्यांकरसहित एक जनालाई नियन्त्रणमा लिइएको छ। मंगलबार नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्यांकर र एक जनालाई नियन्त्रणमा लिइएको हो।