SHARE
पर्दाफास · मङगलबार ३० भौ २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

संसद्‌मा उठ्यो आइसियुमै पुगेर उपचाररत बिरामीको अन्तर्वार्ता लिएको विषय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले उपचार कक्षमा उपचाररत बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।