SHARE
Samata Press · शनिबार २७ भौ २०८३ ०४:१५ PM · 1 मिनेट पढाइ

समृद्धि ग्लोबल फाउण्डेसनका कार्यकारी निर्देशक विवेक थापामगर सम्मानित

काठमाडौं । समृद्धि ग्लोबल फाउण्डेसनका कार्यकारी निर्देशक तथा जेनजी अभियन्ता विवेक थापामगर सम्मानित भएका छन् । रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई खाद्यान्नसहित राहत वितरण गर्नुका साथै विभिन्न सामाजिक कार्यमा योगदान पुर्‍याएको भन्दै राष्ट्रिय जागरण अभियान नेपालले थापामगरलाई सम्मान गरेको हो ।