SHARE
पर्दाफास · बिहीबार २५ भौ २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि नेपाल एसबीआई बैंकले दियो १ करोड ३१ लाख

नेपाल एसबीआई बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकमसँगै कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलित रकमसमेत जोडेर उक्त सहयोग गरेको हो।