SHARE
पर्दाफास · बिहीबार २५ भौ २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी परिवारले २५ लाख १० हजार राहत पाउने

भोटेकोशी बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका नेपाल प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष, बीमा तथा संगठनबाट गरी कुल रु. २५ लाख १० हजारसम्म राहत तथा सुविधा पाउने भएका छन्। नेपाल प्रहरीले यो व्यवस्था तत्काल प्रक्रिया अगाडि बढाएको जनाएको छ।