SHARE
Samata Press · सोमबार २२ भौ २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिबाट ३:३० बजे राष्ट्रका नाममा सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि राजधानी काठमाडौँ फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।