SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

युएईले भन्यो-‘यस घडीमा नेपालको साथमा छौँ’

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा बुधबार गएको बाढीपहिरोप्रति दुःख व्यक्त गर्दै यस घडीमा नेपालको साथमा रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देशमा दर्जनौँ मानिसको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।