इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट पर्याप्त छ: ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म पर्याप्त बजेट रहेको बताएका छन् । तर, कङ्ग्रेसमा डेमोक्रेटहरूले नियन्त्रण प्राप्त गरेमा सैन्य कारबाहीमा अवरोध आउन सक्ने र आफूले ‘पूर्ण विजय’ भनेको उपलब्धि पराजयमा बदलिन सक्ने चेतावनी उनले दिएका छन् ।