रसुवा बाढीपछि वागमतीका मुख्यमन्त्री थापामगरको अध्यक्षतामा आपत्कालीन बैठक
हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ । रसुवामा आएको भीषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधोपचार र अन्य व्यवस्थापनका लागि आपत्कालीन बैठक सुरु भएको मुख्यमन्त्री थापामगरले राससलाई जानकारी दिए ।