SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

तिमी गएपछि

तिमी गएपछि, छुटे छुट्नुपर्ने आदतहरू छुटे नछुट्नुपर्ने आदतहरू। ​तिमी छुटेपछि ब्रह्माण्डको ज्योति निभ्यो शीतल सिरेटो अङ्गार बनी पोलिरह्यो, बोलाइरह्यो तिमीलाई मन बोलिरह्यो एक्लै-एक्लै। ​सडकमा हतारिएका मान्छेहरू हृदय नभएका लाग्न थाले, छाप्रादेखि महलहरू मसानघाट देखिन थाले। ​अरू के-के भयो? अरू…? अरू सब छल।