SHARE
मकालु खबर · शनिबार ६ भौ २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

तनहुँमा आयुर्वेद सेवामा आकर्षण बढ्दो, ३४ हजार लाभान्वित

काठमाडौं । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार २९४ लाई सेवा प्रदान गरेको छ । चिकित्सालयले सो अवधिमा बहिरङ्ग (ओपिडी) सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसुत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको हो ।