कोषको रकम उत्पादनशील क्षेत्रमा परिचालन गर्ने कार्यकारी निर्देशक कार्कीको प्रतिबद्धता
काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदभार ग्रहण गरेका छन् । पदबहाली गर्दै कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै कामलाई थप चुस्त र पारदर्शी बनाउने प्रतिबद्धता जनाए। उनले कोषमा रहेको ठूलो रकम सरकारका प्राथमिकताप्राप्त तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी आर्थिक विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिएक छन्।