SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

चुनदेवीमा देउवा र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । जेनजी आन्दोलनपछि देउवा बस्दै आएको चुनदेवीस्थित निवासमा शुक्रवार दुई नेताबीच भेटवार्ता भएको हो । नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दुई नेताबीच शुक्रवार भेटवार्ता भएको पुष्टि गरे ।