SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

एनएमबि बैङ्कद्वारा अनलाइन कर्जा आवेदन र रियल टाइम ट्र्याकिङ प्रणाली सुरु

काठमाडौँ। एनएमबि बैङ्कले डिजिटल रूपान्तरणको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा रियल–टाइम ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले बैङ्क धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। नयाँ डिजिटल पोर्टल (digi.nmb.com.np) मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा उपकरणबाट सहजै कर्जाका लागि आवेदन दिन सक्नेछन्।