SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैङ्कको नयाँ डिजिटल सेवा: कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

काठमाडौँ। सिद्धार्थ बैङ्क लिमिटेडले नेपाली बैङ्किङ क्षेत्रमै पहिलो पटक व्यावसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने डिजिटल सेवा सुरु गरेको छ। बैङ्कले भदौ ४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब नेपालमा दर्ता भएका कम्पनी, फर्म तथा अन्य व्यावसायिक संस्थाहरूले घरै वा कार्यालयबाटै अनलाइनमार्फत खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन्।