SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

जग्गाको क्षेत्रफलको आधारमा मल वितरण गर्न लालपुर्जा मागिएको होः कृषिमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मल वितरण गर्दा लालपुर्जा माग्नुलाई नकारात्मक रूपमा लिन नहुने बताएकी छन् । बुधवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दे उनले जग्गाको क्षेत्रफलको आधारमा आवश्यक मल वितरण गर्न लालपुर्जा मागिएको बताइन् ।