SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

बारामा ३ वर्षीय बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले बाराको सिमरामा तीन वर्षीय बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूले यस्तो माग गरेका हुन् ।